देशभरका संक्रमित मध्ये आज ४५ प्रतिशत बढी संक्रमित उपत्यकामा

  Sampatti News

November 3, 2020

पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमितको संख्या भयावह नै बनेको छ । आज मंगबार काठमाडौँ उपत्यकामा मात्रै १४ सय ६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ संक्रमित थपिएका छन् । उपत्यकामा देखिएको संक्रमण दर आज देशभर देखिएको मध्ये ४६ प्रतिशत हो । यता देशभर ३११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएाको छ ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा १५ हजार ८६३ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १०१९ र ललितपुरमा २२६४ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ४९ हजार ६७६ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ४८७९ र ललितपुरका ६८ सय ८७ जना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म काठमाडौँमा कुल ६५ हजार ७८८ जना संक्रमित भएका छन् भने भक्तपुरका ५९६६ र ललितपुरका ९३१४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति:November 3, 2020