बिमा भुक्तानी एकहप्ता भित्र गरिदिन समितिको निर्देशन

  Sampatti News

November 4, 2020

काठमाडौँ । नेपालको बिमा नियमकारी निकाय बिमा समितिले बिमा कम्पनीलाई कोरोना बिमा भूत्तानी दाबी एक हप्ताभित्रमा गरिदिन निर्देशन दिएको छ । समितिले सोही प्रतिवेदन निकाल्दै सोही निर्देशन दिएको हो । समितिले निकालेको प्रतिवेदनमा भनिएको छ ‘बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्ग रकम भुक्तानी दाबी गरेका सबै बीमितहरुलाई एक हप्ता भित्र भुक्तानी गर्ने व्यावस्था गर्नुहुन निर्णयअनुसार जानकारी गरिन्छ ।’

प्रकाशित मिति:November 4, 2020