थप २ हजार ९सय ९ जनामा संक्रमण पुष्टि

  Sampatti News

November 6, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप ४ हजार ५ सय जना डिस्चार्ज भएका छन । योसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर थप १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार ७० पुगेको छ।

प्रकाशित मिति:November 6, 2020