गायक चौलागाईको गीतमा कोरोना कहर‘संसार रोएको छ’ सार्वजनिक

  Sampatti News

November 8, 2020

काठमाडौं । गायक युवराज चौलागाईको नयाँ ‘संसार रोएको’ बोलको गित सार्वजनिक भएको छ ।
विश्वनै तंगीत बनाएको कोरोना माहामारीको संकटमा स्वास्थ्यकर्मिको यर्थाथतालाई चित्रण गर्दै गौलागाईले यो गित सार्वजनिक गरेका हुन्। संकटको यो घडीमा आफु र आफ्नो परिवारलाई भुलेर अहोरात्र बिरामीहरुको सेवामा खटिरहने सम्पुर्ण स्वास्थ्यकर्मीहरुमा गीत समर्पित रहेको गायक चौलागाईले बताए।

गीतमा शब्द कौशिला खनाल कर्माचार्यको रहेको छ भने गीतमा स्वर तथा संगीत गायक चौलागाई स्वंयको रहेको छ । यस्तै शैलेन्द्र प्रधानको संगीत संयोजन रहेको गीतलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् ।

प्रकाशित मिति:November 8, 2020