थप २ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि

  Sampatti News

November 8, 2020

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ८१७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

सक्रिय संक्रमितको सख्या देशभरमा ३५ हजार ४१९ रहेको छ। पछिल्लो २४ घण्टामा थप १२ हजार ३११ परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १५ लाख ४० हजार ७७ पुगेको छ।

प्रकाशित मिति:November 8, 2020