जहाँ पुग्यो त्यहि सुधारका प्रयासमा रमाउँछन् सचिव एकनारायण अर्याल

  Sampatti News

November 8, 2020

काठमाडौं । कलकत्तामा नयाँ नयाँ योजनाका साथ काम गर्दैगर्दा सचिव बढुवामा परेका एकनारायण अर्याल जहाँ गयो त्यहिको सुधारमा रमाउँछन् । उनी चैत्र २४ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रकासकीय अधिकृतका रुपमा पद बहाली गरे त्यतिबेला मुलुक कारोना कहरका कारण लकडाउनमा थियो ।

फागुन १८ गते बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सचिबमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

महानगरपालिकामा जनप्रतिनिधि बहाल भएपछिको पाँचौ प्रमुख प्रशासकीय अधिकृतका रुपमा बहाल भएसँगै कोरोना कहरमा पनि निकै राम्रा प्रयासको थालनी गरेका अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पद वहाली गरेका छन् । बहाली भएको महिना दिन नबित्दै दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीको मौसमले सकेत गर्ने जस्तै सचिब अर्यालका प्रारम्भका कार्यहरुले मन्त्रालयमा परिवर्तनको अनुभुती हुन थालेको छ। प्राप्त जानकारी अनुसार कर्मचारी समायोजन संशोधन प्रक्रिया लामो समय देखी रोकिएको थियो सचिब अर्याल आए लगत्तै अगाडि बढेको छ । त्यति मात्र होइन सरुवाको लागि मन्त्रालयमा लाग्ने भिड अब अनलाइन सेवा सुरु हुने भएकाले कम हुने भएको छ। कोभिडको त्रासका कारण धेरै जनप्रतिनिधि देखी कर्मचारीहरुले मन्त्रालय धाउनु नपर्ने भएको छ। सचिब अर्यालले मन्त्रालयमा आएको एक महिना नपुग्दै धेरै जनतामुखि सेवाहरु दिन सफल भएका छन् । सरुवा हुनुअघि नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्य दूतका रुपमा रहेका थिए । त्यहाँ रहँदा पनि अर्यालले निजामती सेवामा इमान्दार र निर्णय क्षमता भएका प्रशासकका रुपमा आफुलाई सबैका बीच परिचित गराएका थिए ।

सरकारी जागिरे जिवनको लामो समय गृह प्रशासनमा बिताएका अर्यालले काठमाडौं महानगरपालिकामा छोटो समय रहँदा पनि कर्मचारीको अनावश्यक भत्ता, सुविधा र खर्च कटौती गर्ने कार्य गरेर राज्य कोषको लाखौं रकम बचाउने प्रयासको थालनी गरेका थिए । निडर र हक्की स्वाभावका अर्यालले काठमाडौं महानगरपालिकामा जिम्मेवारी सम्हालेपछि कामचोर कर्मचारीलाई काबुमा राख्ने र कामको मुल्यांकन गर्ने प्रयासको थालनी गरेको श्रेय पनि अर्याललाई जान्छ । कतिपय प्रशासकहरु काम भएन भनेर भौतारिईरहेको देखिन्छ । तर सचिव अर्याल जहाँ जहाँ पुग्छन् त्यही सुधारका प्रयासमा रमाउने उनको विशेषता नै देखिन्छ ।
जिम्मेवारी सम्हालेर पुगेको ठाउँमा केही न केही सुधार र सकारात्मक परिवर्तनको सन्देश दिने अर्यालले काठमाडौं महानगपालिकामा पनि जिम्मेवारी सम्हालेपछि अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता महत्त्वपूर्ण कामको थालनी गरेर सुधार गरेको कुरा अहिले महानगरभित्र तथा बाहिर सर्वविधित्रै छ ।

काठमाडौं महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य कोराना संक्रमणका कारण लामो समय अनुपस्थित रहँदा समेत कुशल ढंगले दैनिक कार्यलाई अघि बढाउन सफल भएका अर्यालले प्रमुख शाक्यको समेत मन सजिलै जित्न सफल भएका थिए । त्यसो त अर्यालले छोटो कार्यकालमै काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माणको प्रक्रिया पनि अन्तिम चरणमा पुर्याएका हुन् ।
भाबी गृहसचिव र मुख्यसचिवका रुपमा हेरिएका अर्याल २०७२ सालको भुकम्पका बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए । भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि दबाबका बाबजुद मुद्दा चलाउन सफल भए । कालोबजारीमा संलग्नहरुलाई कारबाही गर्न जस्तोसुकै दबाब आएपनि नडगमाउने, अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमताका अर्याललाई काठमाडौ जिल्लामा प्रमुख जिल्ला अधिकारी भएकै बखत नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला समितिले काठमाडौको ५० वर्षे इतिहासमा कुशल प्रशासकको मूल्यांकनसहित उत्कृष्ट निजामति प्रशासकका रुपमा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको भव्य कार्यक्रम बीचमा सम्मान समेत गरेको थियो । यस्तो इतिहास बनाउँदै संघीय मामिला छिरेका सचिव अर्यालका यस मन्त्रालयमा पनि उदाहरणीय काम गर्ने अपेक्षा गरिएको छ । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका हुन् ।

प्रकाशित मिति:November 8, 2020