थप २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि

  Sampatti News

November 10, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।
आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति:November 10, 2020