नेकपा सचिवालय बैठक आज बस्दै

  Sampatti News

November 18, 2020

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । पूर्वनिर्धारित सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक प्रतिक्रिया आएकाले बैठक नबस्ने सम्भावना पनि त्यत्तिकै रहेको राजनीतिक वृत्तमा चर्चा छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक सार्न खोजेको बुझिएको छ भने प्रचण्ड बैठक गर्ने पक्षमा छन्।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हिजो भेट्न शीतल निवासमा भेटेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

नेकपाभित्र विवाद बढिरहेको बेला प्रचण्ड र ओली पालैपालो शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति:November 18, 2020