प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठकको आह्वान

  Sampatti News

December 8, 2020

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गरेका छन् । ओलीले आज ११ बजेको लागि सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

ठुला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने अवस्थामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।

प्रकाशित मिति:December 8, 2020