सामाजिक सञ्जालमा चर्काे टिकाटिप्पडी पछि टिकासानुले लेखिन यस्तो स्टाटस, कृष्ण दाई र मबीच मनमुटाव भएको छैन

  Sampatti News

December 10, 2020

काठमाडौँ। पछिल्लो केही दिन टिका सानु र कृष्ण कँडेलबीच मनमुटाव भयो भनेर सामाजिक सञ्चाजमा टिकाटिप्पडी भएपछि यसको ब्याख्या गर्दै टिका सानुले आफुहरुबीच केही मनमुटाव नभएको बताएकी छिन् । उनले एक दोहोरी पश्चात बोल्दै गर्दा कलाकारले गर्दा इन्द्रेणी चलेको पनि हैन र ईन्द्रेणीले गर्दा कलाकार चलेको पनि भन्न मिल्दैन भनेपछि सामाजिक सञ्जाल फेसबुक टिकटक तथा ट्वीटरमा टिकाटिप्पडि हुन थालेको हो । उनले एक स्टाटस लेख्दै भनेकी छिन् ‘सबैमा नमस्कार।
नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ। म त्यहि कामगर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आलोचना भइरहेको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।
उक्त भिडियोमा मैले बोलेका केही राम्रा कुराहरु थिए। बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन। जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लायक छैनन्। तर, त्यो भिडियोमा सोझो रुपमा कार्यक्रमका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ ? कुनै पनि संस्था र त्यसमाआवद्ध कर्मचारीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए ? मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहरदेखि गाउँवस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटाएकी छु। केही पाएकी छु, केही गुमाएकी छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो।

मलाई आजको दिनसम्म ल्याउनुमा इन्द्रेणी कार्यक्रमले कुनै योगदान दिएको छैन भनेर कही भनेकी छु र रु कलाकार र संस्थाबीचको संम्बन्ध परिपुरक हुन्छ भन्नु गलत हो ? खैर इन्द्रेणी कार्यक्रमका सन्चालक आदरणीय दाजु कृष्णप्रसाद कँडेल ज्यु यतिखेर पुर्व इलाममा हुनुहुन्छ। उहाँ काठमाडौँ आउनासाथ यो विषयमा थप प्रष्ट पार्नेछौं। साथै अर्को कुरा पूराना भिडियो काटेर पोस्ट गरेर मेरो चरित्र हत्या गर्ने, तनाव दिने, जातिय रंग दलेर गालि गर्नेहरुलाई मेरो भन्नु केही छैन। सत्य बुझ्नलाई सचेतना चाहिन्छ। नोटः कृष्ण दाइ र मेरोबीचमा कुनै मतान्तर र मन मुटाव छैन।

प्रकाशित मिति:December 10, 2020