सचिव कार्कीद्धारा खोटाङको मकैको बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन

  Sampatti News

February 3, 2021

काठमाडौं, २१ माघ । खोटाङको दिक्तेलमा मकैको बीउ प्रशोधन प्लान्ट भवन निमार्णको काम सकियसँगै उद्घाटन भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले सोही भवनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङ र स्थानीय कोलेबारी कृषि तथा सहकारी संस्था दिक्तेलको साझेदारीमा यो भवन निर्माण गरिएको हो ।

२०७६ फागुन २७ गते सम्झौता गरेर गत असार ३१ गते निर्माण सम्पन्न गरिएको भवन मंगलबार उद्घाटन गरिएको हो । जोनको ५० प्रतिशत र कृषि तथा सहकारी संस्थाको ५० प्रतिशत लागतमा बीउ प्रशोधन गर्ने मेसिन सहितको भवन निर्माण गरिएको परियोजना कार्यान्वयन इकाई खोटाङका प्रमुख डा. मणिरत्न अर्यालले बताए ।

उनले मकैको गुणस्तरयुक्त र स्वस्थ बीउ उत्पादन गर्ने, प्रशोधन गर्ने र बीउको उपचार गर्नेदेखि प्याकिङ गरेर किसानलाई बिक्रीवितरण गर्ने उद्धेश्यले उक्त भवन निर्माण गरिएको जनाए । भवन उद्घाटन अगावै कृषि तथा सहकारीले करिब दुई हजार केजी बीउ विक्री वितरण गरिसकेको छ ।

प्रकाशित मिति:February 3, 2021