स्रोत नखुलेको २१ लाख सहित रौतहटबाट आलम पक्राउ

  Sampatti News

February 8, 2021

रौतहट । रौतहट प्रहरीले गौरस्थित बसपार्कबाट झण्डै २२ लाख रुपैयासहित दिलसाद आलमलाई पक्राउ परेका छन् । जिल्लाको परोहा नगरपालिका १ जिंगडवा बेलबिछवाका २७ वर्षीय आलम शेख सुखाडीको छोरा हुन् । उनको साथबाट बिना नम्बरकोे स्कुटी समेत बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठ बताए ।

आलममाथि सोमवार दिउँसो २ बजे विषेश सूचनाका आधारमा गौर बसपार्क नजिकै खानतलासी गर्दा स्रोत नखुलेको २१ खाल ९० हजार रुपैया बरामद भएको डिएसपी श्रेष्ठले जानकारी दिए । बरामद रकमसहित उनलाई आवश्यक कार्वाहीका लागि सम्पति शुुद्धिकरण आयोग काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । नम्बर नभएको स्कुटी भने जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति:February 8, 2021