परराष्ट्रमन्त्री भन्छन् महामारीका वावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्छै

  Sampatti News

April 13, 2021

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले कोरोना महामारीको बावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने बतायका छन् । आज नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने दाबि गरेका हुन् । उनले भने नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य पुरा गर्छै ।
उनले नेपालमा विकास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताए । नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी बन्न सक्ने बताय ।

प्रकाशित मिति:April 13, 2021