दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता

  Sampatti News Online

April 26, 2024

काठमाडौँ । दाङ जिल्ला अदालतका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

एक महिलाले अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता गराएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता जनकबहादुर मल्लले पाण्डेविरुद्ध मुद्दा दर्ता भइसकेको बताए।

साथै प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

प्रकाशित मिति:April 26, 2024