गत २४ घण्टामा २५३१ सवारीसाधन कारवाहीमा, बजार र क्वारेन्टिन अनुगमनमा सरकारको तिव्रता

  Sampatti News

June 2, 2021

काठमाडौँ । हिजो मंगलबार दिनभरमा २ हजार ५३१ सवारी साधन कारबाहीमा परेका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले उनीहरुलाई कारवाही गरेको हो ।
यसका साथै कोभिड नियन्त्रणको लागि मंगलबार क्वारेन्टिनहरुको गुणस्तर सुनिश्चितता र नियम पालनाका लागि ११७ क्वारेन्टिनको स्थलगत अनुगमन गरेको गृह मन्त्रालयले जानकारी गराएको छ ।
गृह मन्त्रालयका अनुसार समिक्षा अवधिमा अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन १८५ स्थानमा अनुगमन भएको छ । स्थानीय प्रशासनबाट १९५ अक्सिजन सिलिण्डर सङ्कलन गरी वितरण समेत गरिएको छ ।

मंगलबार देशभरका विभिन्न सस्मानाकाहरुबाट २ हजार १९७ जना नेपाल प्रवेश गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार फ्रान्स सरकारले प्रदान गरेको ५०४००० थान एफ.एफ.पी.टु मास्क, २०२२५ थान एन्टिजेन टेस्ट किट, १४ सेट रेस्पिरेटर र तिनका लागि चाहिने सरसामान एवम् १२००० थान भइजर फ्रान्सको चार्टड विमान मार्फत नेपाल आइपुगेको र ती सामग्री आज फ्रान्सेली राजदूतले स्वास्थय तथा जनसंख्या मन्त्री समक्ष हस्तान्तरण भइसकेका छन् ।

त्यस्तै कोरिया सरकारले नेपाललाई सहायता स्वरुप उपलब्ध गराउने २ लाख अमेरिकी डलर बराबरको १७,७६० आर.टी.पी.सी.आर.टेस्ट किट्स ४ जुनमा हस्तान्तरण गरिने भएको छ ।
साथै ३७८ अक्सिजन कन्सन्ट्रेटर आउँदो जुलाई–अगष्ट सम्ममा नेपाली पक्षलाई हस्तान्तरण गरिने भएअनुरुप सम्बन्धित निकायसँग आवस्यक समन्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।
यसरी नै यू.ए.ई सरकारले प्रदान गरेका १५० भेन्टिलेटर सहितका स्वास्थ्य सामग्रीहरु आज चार्टर्ड विमानद्धारा काठमाडौँ आउने जनाईएको छ ।

यस्तै अर्थामन्त्रलयका अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको लागि २२,०९,७१४ थान मेडिकल उपकरणहरु, १०,५५७ एम.टी.क्यू. अक्सिजन, ९, ००,८०० भायल्स काभिड–१९ भ्याक्सिन, कोभिड–१९ टेस्ट किट तथा स्यानिटाइजर लगायतका औषधीहरु पैठारी भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार संयुक्त अनुगमन टोीबाट ८ स्थानमा बजार अनुगमन भएको छ ।

काठमाडाँै उपत्यकामा ५,९८३ र उपत्यका बाहिर ८,६२२ गरी जम्मा १४, ६०५ सिलिण्डर अक्सिजन उत्पादन भएको छ ।
यसैगरी मंगलबार त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलका साथै पोखरा, सुर्खेत, नेपालगञ्ज र लुक्ला विमानस्थलबाट विभिन्न वायुसेवाले २३ आन्तरिक उडान भरी जम्मा ४१ यात्रुको उद्धार गरिएको र कुल उडानमध्ये मेडकल उद्धारको लागि उडान संख्या १४ रहेको हो ।

प्रकाशित मिति:June 2, 2021