प्रदेश १ र प्रदेश ३ मा दुई राजेन्द्रको यसरी हुँदैछ उदय

  Sampatti News

October 10, 2021

प्रदेश १ र प्रदेश ३ मा दुई राजेन्द्रको यसरी हुँदैछ उदय

काठमाडौं-मन्त्रीपरिषद बिस्ताको क्रममा नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ ।

सत्ता गठवन्धनका दलहरूबीचको सहमती अनुसारको संघीय मन्त्रालय बाँडफाँटमा (एकीकृत समाजवादी)लाई न्याय नभएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गठबन्धनका दलहरुले सो पार्टीलाई बाग्मती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन् ।

यो सहमतीसँगै पछिल्लो पटक संघीय मन्त्रालयले पुर्णता पाएको हो ।

नेपाल गठबन्धन बैठक छाडेर पार्टीको स्थायी कमिटी बैठकस्थल पुगेका छन् ।

जहाँ उनले संघीय र प्रदेश मन्त्रिपरिषद् विस्तार र हेरफेरका विषयमा सल्लाह र निर्णय लिने बताइएको छ ।

नेकपा एसको भागमा मुख्यमन्त्री परेका दुईवटा प्रदेशमा गठबन्धन दलको बहुमत छ ।

दुईवटा प्रदेशको मुख्यमन्त्री नेकपा एसको भागमा परेसँगै प्रदेश १ बाट राजेन्द्र कुमार राईको नाम चर्चामा रहेको छ ।

राई भोजपुर क्षेत्र न १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधी हुन् ।

त्यस्तै प्रदेश नं ३ को मुख्यमन्त्रीमा नेकपा एसका नेता राजेन्द्र पाण्डेको नाम चर्चामा रहेको छ ।

यस अन्र्तगत प्रदेश ३ को मुख्यमन्त्री फेर्ने प्रकृया आजैबाट सुरु हुदैछ ।

डोरमणी पौडेलले राजिनामा दिएर भर्खरै भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् ।

आज विश्वासको मत लिन लागेकी शाक्यले विश्वासको मत नपाउने निश्चित छ ।

त्यस्तै अबको कही दिनमा प्रदेश १को मुख्यमन्त्री भीम प्रसाद आचार्यको ठाउमा राजेन्द्र कुमार राईको नाम चर्चामा रहेको छ ।

अब केही दिनमानै प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्य पदच्युत हुने निश्चित छ ।

एमाले बाट माधब कुमार नेपाल अल्लगिएसँगै अल्पमतमा छन् । अब उनले लिने बिश्वासको मतमा उनी अल्पमतमा पर्ने निश्चित भएको हो ।

प्रदेश १ र प्रदेश ३ मा दुई राजेन्द्रको यसरी हुँदैछ उदय

प्रकाशित मिति:October 10, 2021