बुटवल पावर कम्पनीको एफपिओ माघ १५ बाट बिक्रीमा

  Sampatti News

November 21, 2018

यही आउदो माघ १५ गतेदेखि बुटवल पावर कम्पनीले एफपिओ निश्कासन गर्न लागेको छ । कम्पनीले ४० लाख ८१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्रि गर्न लागेको हो ।

बुटवल पावर कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत आयोजना सुरु गर्न लागेको र एफपिओ बिक्रि  गरेर आएको रकम निर्माणमा लगानी गर्ने बताएको छ।

लगानीकर्ताले कम्पनीको एफपिओमा कम्तिमा १० कित्ता र बडीमा २० हजार ४ सय कित्ता सम्म आवेदन दिन पाउनेछन । यस कम्पनीको एफपिओ छिटोमा आउदो माघ १९ र ढिलोमा फाल्गुन १५ गते सम्ममा लगानीकर्ताले आवेदन दिन पाउने छन । यस कम्पनीको एफपिओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले एफपिओ भर्नको लागि आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्ने छन।

प्रकाशित मिति:November 21, 2018