शोकमग्न देखियो त्रिभूवन विमानस्थल, जब खाडिबाट २३ वटा शव अवतार गरियो

  Sampatti News

June 19, 2020

काठमाडौं । खाडी मुलुकबाट आज चार्डर्ट विमानमार्फत नेपालीको शव काठमाडौ ल्याइएको छ ।


शुक्रवार कतार एयरवेजको चार्टर्ड विमानमार्फत २० शव ल्याइएको छ भने कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एयरलाइन्सले सिन्धुपाल्चोकका एक जनाको शव ल्याएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याइएको छ ।


यस्तै कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको हो ।
यसैगरी, कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुवासभाका मानबहादुर आलेको शव ल्याएको छ । यूएईबाट सिन्धुपाल्चोकका पेम्बा नुर्बू शेर्पाको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ ।


विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म र्पुयाउने गर्दै आएको छ । अहिले कोरोनाको कारण उपत्यकाबाहिरबाट काठमाडौं आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका शव बुझेर सम्बन्धित घरसम्म र्पुयाइदिने बोर्डले जनाएको छ ।
तर कतिपय मृतकका आफन्तहरुलाई भने थाहा नभएर उनीहरु शव बुझ्न विमानस्थल पुगेका थिए । शव उर्ताने समयमा विमानस्थल निकै नै उदासिन देखिएको थियो ।
यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइसकिएको छ ।

प्रकाशित मिति:June 19, 2020