कांग्रेसका महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

  Sampatti News

July 9, 2020

काठमाडौँ । नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको निश्काशन गरेको छ । मल्ले पार्टीको अनुशासन उल्लंघन गरेकोमा निष्काशन गरेको पार्टी केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जानकारी दिए ।


बुधबार बसेको बैठकले पार्टीविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लंघन गरेकाले उनलाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको केसीले जानकारी दिए।

प्रकाशित मिति:July 9, 2020