सात केजी गाँजासहित युवक पक्राउ

  Sampatti News

March 30, 2021

काठमाडौँ । बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेको जिल्ला प्रहरि कार्यालय उदयपुरले जनायको छ ।
सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि युवकलाइ बेलकामा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरीकर्यालयले बताएको छ ।

प्रकाशित मिति:March 30, 2021