चन्द्रागिरी हिल्सको नोक्सान २५ करोड ३८ लाख बढी, यस्ता छन् अन्य सूचकहरु

  Sampatti News

August 9, 2021

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा नोक्सान २५ करोड ३८ लाख ४२ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्ष १० करोड ६६ लाख घाटारहेकोमा हाल बढेर २५ करोड पुगेको हो ।

आज सार्वजनीक उक्त वित्तीय विवरण अनुसार कम्पनिको समीक्षा सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेसंगै कम्पनिका सञ्चालन आम्दानी घट्न गई खुद नोक्सानी १५ करोडले बढेको कम्पनिले जानकारी दिएको छ ।

प्रकाशित मिति:August 9, 2021