‘म राजा हुन आएको’भन्दैश्रीपेच निकाल्न एक युवकले सिसा फुटाए

  Sampatti News

September 24, 2021

‘म राजा हुन आएको’भन्दैश्रीपेच निकाल्न एक युवकले सिसा फुटाए

काठमाडौं- नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक युवकलाइ नेपाली सेनाले नियन्त्रणमा लिएकाे छ ।

शुक्रबार बिहान संग्रहालय अवलोकनका लागि पुगेका पश्चिम रुकुमका २५ वर्षीय युवक खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्न खोजेपछि नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको हाे ।

सिसा फुटाउँदा उनको हातसमेत काटिएर रगत बगेकाे छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेर साेधपुछ तथा अनुसन्धान गरेकाे छ ।

महानगरीय प्रहरी वृत दरबारमार्गका प्रमुख रामेश्वर पौडेलका अनुसार ती युवकले ‘म राजा हुन आएको’ भन्दै श्रीपेच निकाल्न सिसाकाे फ्रेम हातैले फुटाएका थिए ।

पक्राउ परेका घर्तीको मानसिक स्वास्थ्य अवस्थाबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले बताएकाे छ ।

‘म राजा हुन आएको’भन्दैश्रीपेच निकाल्न एक युवकले सिसा फुटाए

प्रकाशित मिति:September 24, 2021