स्यानीटरी प्याडको बिषयमा अर्थ मन्त्रालयको स्पस्टीकरण: बढाएको हैन घटाएका छौ

  Sampatti News

September 25, 2021

स्यानीटरी प्याडको बिषयमा अर्थ मन्त्रालयको स्पस्टीकरण: बढाएको हैन घटाएका छौ

काठमाडौँ-स्यानीटरी प्याडमा भन्सार महशुल बढाएका बिषयमा अर्थ मन्त्रालयले प्रेस नोट जारी गर्दै स्पस्टीकरण दिएको छ ।

मन्त्रालयले आफ्नो प्रेस नोटमा सामाजिक सञ्जाल तथा कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले स्यानीटरी प्याडमा आयातमा आ.व. २०६९-७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको जनाएको छ ।

मन्त्रालयल स्यानीटरी प्याड बनाउन प्रयोग हुने कच्चा पदार्थमा सविकको १० प्रतिशत भन्सार दरमा ५० प्रतिशत घटाएर ५ प्रतिशत कायम गरीएको समेत प्रेस नोट मार्फत जानकारी गराएको छ ।

साथै मन्त्रालयले वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाएर स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउन पहल गरेको समेत बताएको छ ।

साथै मन्त्रालयल ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।

स्यानीटरी प्याडको बिषयमा अर्थ मन्त्रालयको स्पस्टीकरण: बढाएको हैन घटाएका छौ

प्रकाशित मिति:September 25, 2021