मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

  Sampatti News

December 1, 2021

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाडौं-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्।

आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत खसेको जानकारी दिए ।

उनले शाहीको पक्षमा खसेको उक्त मत प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे।

आजको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने उपस्थित भएनन् ।

मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका तीन र राप्रपाका एक सांसदले मत दिएका छन्।

नेकपा मा‌‌ओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि कांग्रेसका शाही मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

प्रकाशित मिति:December 1, 2021