पूर्व राजालाई व्यापारमा लाग्न माधव नेपालको सुझाब

  Sampatti News

December 10, 2021

पूर्व राजालाई व्यापारमा लाग्न माधव नेपालको सुझाब

काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका हुन्।

नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’

ओली प्रति कटाक्ष गर्दै नेता नेपालले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

राज्य सत्ता र पार्टीभित्र विकृति रहेको नेता नेपालले बताएका छन् ।

विकृतिका बाहकहरुले फैलाइराख्ने र आफूहरु टुलुटुलु हेरर बस्न हुन नसक्ने भन्दै उनले भने, ‘त्यो विकृति शुरु हुन्छ, भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने, मैमत्त गर्ने प्रवृतिबाट।’

‘लोकतन्त्रको मुल्य मान्यतालाई कुल्चने प्रवृतिबाट, अरुको सम्मान नगर्ने प्रवृतिबाट । अरुको मर्यादा नगर्ने प्रवृतिबाट ।’

साँचो अर्थमा लोकतन्त्र चाहने हो भने लोकतन्त्रका मूल्य र मान्यता आत्मसात गर्नुपर्ने उनले बताए ।

पूर्व राजालाई व्यापारमा लाग्न माधव नेपालको सुझाब

प्रकाशित मिति:December 10, 2021