रञ्जु दर्शनाद्वारा विवेकशील साझा परित्याग

  Sampatti News

December 23, 2021

रञ्जु दर्शनाद्वारा विवेकशील साझा परित्याग

काठमाण्डौ-विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी छन् ।

उनले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताउदै अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

२०७० सालदेखि सुरु भएको राजनीतिक यात्रामा कयौँ उतारचढाव आए पनि त्यसलाई पार गर्दै आइरहेको तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठनको मूल नेतृत्वमै ढोङ्ग भेटिएको उनको पत्रमा भनिएको छ ।

सङ्घीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले आउँदो दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको उनले पत्रमा बताएकी छिन्।

हालै पार्टी अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए ।

कारबाही गरेकै दिन पाण्डेले दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरेका थिए ।

विवेकशील साझा पार्टी भित्र अहिले विवाद चरम रुपमा बढ्दो क्रममा देखिएको छ ।

रञ्जु दर्शनाद्वारा विवेकशील साझा परित्याग

प्रकाशित मिति:December 23, 2021