काठमाडौं बसपार्कमा १ महिलामाथि ९ जनाद्वारा सामूहिक बलात्कार

  Sampatti News

December 29, 2021

काठमाडौं बसपार्कमा १ महिलामाथि ९ जनाद्वारा सामूहिक बलात्कार

काठमाडौँ-काठमाडौंको नयाँ बसपार्कमा १ महिलामाथि ९ जनाले सामूहिक बलात्कार गरेका छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्‍न अन्य १ जना फरार रहेको र उन्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यही पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी अन्दाजी ३२ ३३ वर्षीया महिलालाई नयाँ बसपार्कमा भेटेर मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बडुवालले नै फोन गरेर विभिन्न व्यक्तिलाई बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार घटना अनुसन्धानका क्रममा युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीसलगायत आठजना पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रूपमा भने नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेकाहरू सबै चिनजानकै व्यक्ति रहेको खुलेको छ । पीडित महिला कामको खोजीमा काठमाडौं आएको खुलेको छ ।

उनका श्रीमान् भारतमा रोजगारीका लागि गएको र लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ ।

राति दुई र अर्को दिनको बिहान थप सातजनाले बलात्कार गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।

पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

काठमाडौं बसपार्कमा १ महिलामाथि ९ जनाद्वारा सामूहिक बलात्कार

प्रकाशित मिति:December 29, 2021