प्रदेश नंं. २ अब मधेस प्रदेश

  Sampatti News

January 17, 2022

प्रदेश नंं. २ अब मधेस प्रदेश

काठमाडौं-प्रदेश नंं. २ को नाम दुई तिहाई मतका साथ मधेस कायम भएको छ ।

प्रदेश नं. २ प्रदेशसभाको आज बसेको बैठकले प्रदेश २ को नाम तिहाई मतका साथ मधेस कायम गरेको हो ।

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि भएको मतदानमा ९९ जना प्रदेश सदस्य सहभागी थिए ।

जसमा ८० मत ‘मधेस’ प्रदेशमा खसको थियो । प्रदेशको नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्दछ । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् ।

यसअघि ‘मधेस’ नाममा कांग्रेस र एमालेको असहमति रहँदै आएको थियो ।

तर, वर्तमान सत्ता गढबन्धनका आधारमा कांग्रेसले पनि ‘मधेस’ कै पक्षमा मतदान गरेको बुझिएको छ ।

प्रदेश नंं. २ अब मधेस प्रदेश

प्रकाशित मिति:January 17, 2022