मोहन घिमिरेको अध्यक्षतामा नेकपा एस निकट कर्मचारी संगठन स्थापना

  Sampatti News

January 31, 2022

काठमाडौँ-नेकपा एकीकृत समाजवादी निकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना सम्पन्न भएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल नामक नयाँ संगठन स्थापना गरिएको हो ।

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरि कार्य हुदै आएकामा समानान्तर कमिटीका नेतृत्व मूलधारमै फर्किएसँगै नयाँ संगठन घोषणा गरिएको बताईएको छ।

शनिवार सम्पन्न विशेष राष्ट्रिय भेलाले निजामति कर्मचारी संगठनको पुर्व अध्यक्ष मोहन घिमिरेको अध्यक्षतामा नयाँ संगठन घोषणा गरेको हो ।

नवगठिन एकीकृत सरकारी कर्मचारी संगठनले सदस्यता विस्तार र ट्रेड युनियन दर्ताका लागि हस्ताक्षर संकलन एकैपटक अघि बढाउने भएको छ ।

संगठनको स्थानीय, प्रदेश र संघ सबै तह तथा सम्पूर्ण सेवा समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारी समेत समेटिने घिमिरेले बताएका छन् ।

नेकपा एसले आफ्नो पार्टीमा सरकारी कर्मचारी र शिक्षकलाई सदस्यता नदिने घोषणा गरेको थियो । शनिवारको विशेष राष्ट्रिय भेलालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, श्रम मन्त्री किसान श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति:January 31, 2022