यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

May 7, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको डलरकाे दर अधिकतम १३३ रुपैया २९ पैसा र बिक्री दर १३३ रुपैया ८९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ २७ पैसा र बिक्री दर १४७ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३५ पैसा र बिक्री दर ८८ रुपैयाँ ७५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६७ पैसा र बिक्री दर ८ रुपैयाँ ७१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४९ पैसा र बिक्री दर १८ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रकाशित मिति:May 7, 2024