त्रिविको स्थगित परीक्षाहरू फागुनमा

  Sampatti News

January 31, 2022

त्रिविको स्थगित परीक्षाहरू फागुनमा

काठमाडौं-त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आफ्ना स्थगित भएका परीक्षा फागुनमा गर्ने भएको छ ।

कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने गरी त्रिविले तयारी सुरु गरेको जनाएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल भईरहेको र २० गतेभित्रै निर्णयमा पुगिने जानकारी दिए ।

उनले अहिले परिक्षा तालिका सहितको सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए ।

उनले भने, ‘छलफल भइरहेको छ । बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्छौं ।’

आइतबार कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्ने उनले बताए ।

कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।

त्रिविको स्थगित परीक्षाहरू फागुनमा

प्रकाशित मिति:January 31, 2022