रामेश्वर दंगाल ४८ वर्ष मै सचिवमा बढुवा

अहिले सम्मकै कान्छो सचिव कृष्णबहादुर राउत त्यसपछी रामेश्वर दंगाल

  Sampatti News

January 31, 2022

रामेश्वर दंगाल ४८ वर्ष मै सचिवमा बढुवा

काठमाडौँ-सहसचिव रामेश्वर दंगाललाई सरकारले जागीरे जीवनको २२औ वर्षमा सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।

सिफारिस नाम मध्य सहसचिव रामेश्वर दंगाललाई सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।

दङगालले २०५६ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

२०६३ सालमा उपसचिव हुदै २०६९ सालमा सह-सचिब पास गर्नुभएका दङ्गाल धनकुटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिकाका साथै प्रधानमन्त्री कार्यालय देखि वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुखको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने प्रशासक हुन।

२०७२ सालको बिनाशकारी भुकम्पका बेला उहाँ गृह मन्त्रालयको बिपत ब्यबस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो त्यस ताका उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाले एउटा प्रशासकले चाह्यो भने धेरै कुरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गराएकाे छ ।

त्यस ताका उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाको यथार्थ यतिबेला पनि प्रशासन क्षेत्रमा चर्चा हुने गरेको छ ।

सचिब दङ्गाल गण्डकी प्रदेशको अर्थ सचिबको भुमिका साथै सङ्घिय अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुखको जिम्मेवारीमा रहदै गर्दा २०७८ माघ १७ गते सचिबमा बढुवा हुनुभएको हो ।

सचिब दङ्गालले जहाँ जहाँ जुन जुन जिम्मेवारीमा रहेर गरेको कार्यले देश अनि जनताको भावनालाइ उच्च प्राथमिक्तामा राखेर काम गर्ने एउटा कुशल प्रशासकको छवि भएका कर्मचारीका रूपमा आफुलाइ स्थापित गराएका छ्न ।

४३ बर्षकाे उमेरमा सचिवमा बढुवा भएका प्रदेश न २ का प्रमुख सचिव कृष्णबहादुर राउत तथा ४८ बर्षकाे उमेरमा सचिवमा बढुवा भएका रामेश्वर दंगाल अहिले सम्मकै सबैभन्दा कान्छा सचिवको रुपमा रहेका छन् ।

उनीहरु आफ्नो सेवाकालको १०-१२ वर्ष बाकी रहदै सचिव जस्तो उच्च प्रशासक पदमा आसिन भएका छन् ।

सचिव कार्यकालकाे ५ बर्ष सकिदा यि दुबै जना सचिव उमेरकाे हदले जागिरे जिवन बाकी हुदै अवकास पाउने कर्मचारीमा पर्ने भएका छन् ।

रामेश्वर दंगाल ४८ वर्ष मै सचिवमा बढुवा

प्रकाशित मिति:January 31, 2022