सत्ता गठबन्धनका शिर्ष नेता बीच भेटवार्ता

  Sampatti News

February 2, 2022

सत्ता गठबन्धनका शिर्ष नेता बीच भेटवार्ता

काठमाडौं-सत्ता गठबन्धनका प्रमुख तिन दलका शिर्ष नेता बिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

बुधबार दिउँसो बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल बिच भेटवार्ता भएको हो ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए ।

प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तोक्ने बताएका थिए ।

त्यस्तै पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरेका छन् ।

बुधबार प्रचण्ड र नेपालसँग प्रधानमन्त्रीले यीनै विषयमा कुराकानी गरेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

सत्ता गठबन्धनका शिर्ष नेता बीच भेटवार्ता

प्रकाशित मिति:February 2, 2022