मन्त्रालयमा कार्यरत ८ जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा

  Sampatti News

February 10, 2022

मन्त्रालयमा कार्यरत ८ जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा

काठमाडौँ-मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत ८ जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्‍याइएको छ भने सार्वजनिक खरिदकी देव कुमारी गुरागाईँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ९जनसंख्या० मा खटाइएको छ ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय९प्रविधि०सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानीकी प्रमीला देवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएको छ भने वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ ।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियालाई पठाइएको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालय पुगेकी यमकुमारी खतिवडाको स्वास्थ्य मन्त्रालयमा गरिएको काज फिर्ता गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमै राखिएको छ ।

प्रकाशित मिति:February 10, 2022