एमसीसीलाई रोक्छु भन्न मिल्दैन: ओली

  Sampatti News

February 11, 2022

एमसीसीलाई रोक्छु भन्न मिल्दैन: ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई रोक्छु भन्न नमिल्ने बताएका छन् ।

अध्यक्ष ओलीले शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् ।

उनले सरकारले निर्णयार्थ पेश गरेको एमसीसी सभामुखले रोक्छु भन्न नमिल्ने पनि बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी मुख्यालयलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरीत भएको समेत बताएका छन् ।

उनले भने, ‘सभामुखले सरकारले निर्णयार्थ पेश गरेको एमसीसीलाई पेश नगरेर रोक्छु भन्न मिल्दैन । यो गठबन्धनको निरीहता हो । सत्ता गठबन्धन चुइक्क बोल्न सक्दैन । संसदले के गर्छ आफ्नो ठाउँमा होला तर, निर्णयार्थ पेश गर्नुपर्‍यो नि । सभामुखले अनाधिकृत क्रियाकलाप गरे ।’

एमसीसीलाई रोक्छु भन्न मिल्दैन: ओली

प्रकाशित मिति:February 11, 2022