प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्‍यो

  Sampatti News

February 13, 2022

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्‍यो

काठमाडाैँ-प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिनुभएको छ ।

फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ ।

नेकपा(एमाले)ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिनुभएको थियो ।

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्‍यो

प्रकाशित मिति:February 13, 2022