एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

  Sampatti News

February 14, 2022

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

काठमाडौँ-एमालेले सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमालेले नजाने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि बैठक बोलाएका थिए ।

आफूहरूलाई कुनै सल्लाह नगरी बोलाइएकोले बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

कुनै सल्लाह नगरी बोलाइएकोले अध्यक्षले नजाने भन्नू भएको छ’, भट्टराईले भने ।

नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको छ ।

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

प्रकाशित मिति:February 14, 2022