एमसीसी संसदमा आजै टेबल हुदै

  Sampatti News

February 20, 2022

एमसीसी संसदमा आजै टेबल हुदै

काठमाडौँ-आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ ।

सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्ने सहमति जुटेसँगै एमसीसी टेबल हुने भएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी आजै संसदमा टेबल हुने जानकारी दिएका छन् ।

‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीमाझ भने ।

यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।

एमसीसी संसदमा आजै टेबल हुदै

प्रकाशित मिति:February 20, 2022