एकीकृत समाजवादी एमसीसीको बिपक्षमा: माधव नेपाल

  Sampatti News

February 20, 2022

एकीकृत समाजवादी एमसीसीको बिपक्षमा: माधव नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादी एमसीसीको बिपक्षमा रहने भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका हुन् ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीमाथीको संसदीय छलफमा भागलिने तर समर्थन नगर्ने बताएका हुन् ।

संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’

एकीकृत समाजवादी एमसीसीको बिपक्षमा: माधव नेपाल

प्रकाशित मिति:February 20, 2022