रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News

March 22, 2022

रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दाबी आयोगले गरेको छ ।

आयोगले मेयर धर्मेन्द्रप्रसाद पटेलले उपभोक्ता समितिबाट ५ लाख घुस लिएको अभियोग सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

१५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई अख्तियारको टोलीले दुई लाख रुपैयाँ नगद र दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।

अख्तियारले दुवै जनालाई ५ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले पुष्टी गरेका छन् ।

स्थानीय तहका प्रमुख घुससहित पक्राउ परेको र उनी विरुद्ध मुद्दा चलेको यो पहिलो पटक भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति:March 22, 2022