आईपीएलः कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदै

  Sampatti News Online

April 26, 2024

काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

जारी आईपीएलमा कोलकोता अहिलेसम्म ७ खेलमा ५ मा जित र २ मा हार बेहोरेर १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म खेलेका ८ खेलमा २ खेलमा जित र ६ खेलमा हार बेहोरेको पञ्जाव नवौँ स्थानमा छ । कोलकोता श्रेयस अय्यरको कप्तानीमा रहेको छ ।

पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहे पनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् ।

प्रकाशित मिति:April 26, 2024