भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्न जरुरी: अध्यक्ष नेपाल

  Sampatti News

April 14, 2022

काठमाडौँ-पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपालले भष्टाचार जस्तो महारोगलाई जरै देखि निर्मुल नबनाए सम्म समाजमा बिकासले सोचेजस्तो गतिलिन नसक्ने बताउनु भएको छ ।

अमरावती कृति टोल सुधार समिति कोटेश्वरले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदन प्रदान कार्यक्रममा अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएकाे हो।

समाज रुपान्तरणका निम्ति यस्तै नागरिक समाजका अगुवाइमा गठन भएका स‌स्थाहरुले आआफ्नो ठाउबाट योगदान दिनुपर्ने र त्यो योगदान सबैका निम्ति अनुशरण योग्य हुने कुरा बताउदै सरकारले जनप्रिय काम गर्नुपर्नेमा उहाको जोड थियो।

पुर्व प्रधानमन्त्री नेपालले कार्यक्रममा सहभागी हुनुभएका कोटेश्वरवासीलाई नयाँ वर्षको शुभकामना समेत दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा माओवादीका नेता लीलामणि पोख्रेलले बिकासका योजना बनाउदा दुरदर्शिता अपनाउन नसक्दा धेरै चुनौती ब्यहोर्नु परेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता दिपक कुइकेलले आगामी स्थानीय निर्वाचनमा गठबन्धनका उमेदवारलाई निर्वाचित गराउन आग्रह गर्दैजनताको अधिकार र संविधान जोगाउनका निम्ति पनि गठबन्धन आवस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न संघसंंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सो क्षेत्रमा योगदान पुर्याउने पुर्व महावाणिज्यदूत बिनोदकुमार उपाध्याय, गायत्री नेपाल,नितेष पौडेल,शालिकराम शर्मा, ईश्वर नेपाल, धनपती सापकोटा,लक्ष्मिराम पौडेल, शिबप्रसाद भट्टराई (झोलुङ्गे पुल टोल सुधार समिति), बैजुहरी भट्टराई (महादेव स्थान), रामेश्वरि सुवेदीलगायतलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरूलाई समेत पुर्व प्रधानमन्त्री नेपालको हातबाट सम्मानित गरिएको थियो।

कार्यक्रमलाई समितिका अध्यक्ष इन्जिनियर सरोजकुमार उपाध्यायले सम्बोधन गर्दै टोलवासी लाई शुभकामना दिनु भयो ।

उहाँले भोलिका दिनमा पनि सबैले हातेमालो गर्दै सस्थालाइ अगाडि बढाउन सहयोग गरिदिनुहुन आग्रह गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका अध्यक्ष उपाध्यायले सस्थाको प्रगतिबारे समेत सबैलाई जानकारी गराउनु भएको थियो।

पुर्व प्रधानमन्त्रीको टोल नजिक रहेकोे सो सस्थाको आयोजनमा बिहानै देखि निशुल्क स्वास्थ्य परिक्षण सहितको स्वास्थ सेवा समेत कोटेश्वरवासीले लिएका थिए ।

पुर्व प्रधानमन्त्री नेपालको स्वास्थ्य परिक्षण गरि सुरुवात गरिएको सो सेवा नयाँ वर्षको दिनभर जस्तो चलेको र झन्डै एकहजारले सेवा लिएको बृद्ध अस्पतालका स्वास्थ्य टिमका सहभागीले सम्पत्ति न्युजलाई बताएका छन ।

प्रकाशित मिति:April 14, 2022