चुनावमा इन्टरनेट बन्द हुनसक्ने आईस्पानको चेतावनी

  Sampatti News

May 1, 2022

काठमाडौं-नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले चुनावमा इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ ।

संस्थाले बेरुजुको नाममा संचार तथा सूचना प्रविधि मन्त्रायले विदेशी मुद्राको सिफारिस रोकिदिँदा समस्या भएको जानकारी गराएको हो।

जसले गर्दा विदेशबाटआयात हुने इन्टरनेट ब्याण्डविथको भुक्तानीसमेत रोकिएको छ।

जसले इन्टरनेट सेवा प्रदायकहरुका साथै टिभी सेवा प्रदायकहरु समेत मारमा परेको बताईएको छ।

आईस्पानले चुनावको समयमा इन्टरनेट सेवा बन्द भएमा सरकारले जिम्मा लिनुपर्ने चेतावनी दिएको हो।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस बहिष्कार गर्ने घोषणा गरेको छ।

यहि वैशाख १९ गते (मे २ तारिख) मनाइँदै गरेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई इन्टरनेट सेवा प्रदायक संघको २०७९ बैशाख १४ गते बसेको कार्यकारी समितिको बैठकले बहिस्कार गर्ने निर्णय गरेको हो।

संघले सरकारी निकायहरुले इन्टरनेट सेवाको समस्या समाधान गर्नुको साटो देखावटी कामहरु मात्र गरेको गंभिर आरोप लगाएको छ

। यसका साथै आईस्पानले यस वर्षको सूचना तथा सञ्चार प्रविधि दिवससंग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेको छ।

“अतः हामीले यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससंग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौँ। यस वर्षको यस दिवसलाई हामीले सकारात्मक रुपमा लिएका छैनौँ किनभने विगतदेखी हालसम्मका कुनैपनि सरकारले सूचना र संचार प्रविधिको लागी आवश्यक वातावरण नबनाई, इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा, कार्यक्रमको नाममा देखावटी कामहरु मात्रै गर्दैछ,” आईस्पानले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति:May 1, 2022