फेरी बढ्यो सुनको मूल्य

  Sampatti News Online

June 23, 2022

काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले बताएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घटदो क्रममा छ ।

प्रकाशित मिति:June 23, 2022