शुक्रबार दोहोरो अंकले बढ्यो नेप्से, एक अर्ब १५ करोडमाथिकाे काराेबार

  Sampatti News Online

June 24, 2022

काठमाडौं । नेप्से शुक्रबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.७८ अंकले बढेर एक हजार ८ सय ६२ दशमलब ०६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४५.२५ अंकले घटेर एक हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको थियो ।

आज दुई घण्टा कारोबार भएको शेयरबजारमा एक अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १५० कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार केहि दिनदेखि लगातार उच्च अंकको वृद्धि भएको आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज भने घटेको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 24, 2022