सार्वजनिक सवारी साधनको भाडा घट्यो

  Sampatti News Online

June 26, 2022


यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएका छन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।
विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५।४१ प्रतिशतदेखि अधिकतम ७।६८ प्रतिशतसम्मले घटाइएको छ । यस्तो भाडा यात्रुवाहक सवारीमा ५।४१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६।९७ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७।६८ प्रतिशतले घटाइएको छ ।

प्रकाशित मिति:June 26, 2022