सुनचाँदीको भाउमा सामान्य वृद्धि

  Sampatti News Online

June 26, 2022


साताको पहिलो दिन सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । असार १२ गते, सुन तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले महंगिएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार भने सुनको भाउ गिरावट भएको थियो । त्यस दिन सुन तोलामा ३०० रुपैयाँले ओरालो लाग्दा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति:June 26, 2022