आज ११० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

  Sampatti News Online

September 16, 2022

३१ भदौ,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनामा गरिएको नमुना परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

मन्त्रालयका अनुसार सोही समयमा एक जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२६ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति:September 16, 2022