सचिवहरुको सरुवा, कानुनमा धनराज ज्ञवाली

  Sampatti News Online

September 26, 2022

काठमाडौँ । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन सचिवहरूको सरुवा गरेको हो।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने खेलकुदका डा. दामोदर रेग्मीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सारिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने कानुनका उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । सचिवहरूले भने पत्रसमेत बुझी हाजिरसमेत भई सकेका छन् । तर कानुनमा सचिब ज्ञवालिले भने लोकसेवाको पत्र न आइपुगेकाले नयाँ जिम्मेवारी बहन गर्न पाउनु भएको छैन।

केही दिनअघि मात्रै सरकारले गृहसचिवसहित ७ सचिवको सरुवा गरेको थियो ।
पछिल्लो समय सचिव सरुवा बिरालाको चल्ला सराई जस्तो यता र उता भइरहेको छ । सामान्यतया विषय विज्ञ, ज्ञान, अनुभव तथा नेतृत्वदायी क्षमता मापनका आधार मा सरुवा गर्नुपर्नेमा त्यसो हुन नसके पछि प्रशासन क्षेत्रको सुधार चाहानेहरुले चिन्ता व्यक्त गर्न थालेका छ्न।

यसैबीच कार्य क्षमता को हिसाबले प्रशासन क्षेत्रमा अब्बल मानिएका सचिब धनराज ज्ञवाली लाई मन्त्रीपरिषदले कानुन मन्त्रालयमा सरुवा गरिसकेको भएपनी लोक सेवा आयोगले सहमति दिन ढिलाइ गरेपछि कानुन मन्त्रालयका कतिपय काम रोकिएका छ्न भने सगै लोकसेवा आयोगले सरकारले गरेका निर्णयमा किन बाधक हुँदै ढिलाइ गर्छ प्रतिक्रिया आउन थालेको छ।

प्रकाशित मिति:September 26, 2022