३ लाख ७९ हजार पर्यटक नेपाल आए

  Sampatti News Online

November 4, 2022

काठमाडौं । पछिल्लो महिना नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेको छ । पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा नेपाल आउने पर्यटकको संख्या बढेको देखिएको हो । सन् २०२२ को पछिल्ला दुई महिना (सेप्टेम्बर र अक्टोबर)मा तीन लाख ७९ हजार ३६९ जना  विदेशी पर्यटक नेपाल आएका हुन् ।  

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ को सेप्टेम्बर महिनामा एक लाख ८० हजार २६२ जना पर्यटक नेपाल भित्रिएका छन् । जसमा एक लाख २९ हजार ९६४ जना पुरुष र ५० हजार २८४ महिला पर्यटक आएका छन् । यी पर्यटक १७७ वटा देशबाट आएका हुन् । 

त्यस्तै, अक्टोबर महिनामा एक लाख ९९ हजार १०७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमा एक लाख ३० हजार ५०७ जना पुरुष र ६८ हजार ५७९ जना महिला रहेका छन् । यी पर्यटकहरु १८० वटा देशबाट नेपाल भ्रमणमा आएका हुन् । 

सन् २०२२ को आठ महिनाको अवधिमा तीन लाख भन्दा बढी विदेशी पर्यटक नेपाल आएका थिए । जनवरीदेखि अगस्टसम्मको आठ महिनाको अवधिमा विभिन्न देशका तीन लाख २३ हजार ४२६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका अध्यागमन विभागले जनाएको छ । 

प्रकाशित मिति:November 4, 2022